काठमाडौं । नेकपा माओवादी केन्द्रले तराई–मधेश जागरण अभियान अन्तर्गत गर्ने कार्यक्रम र समय तालिका परिवर्तन भएको छ ।

‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ उद्घाटन फागुन १२मा झापाको कचनकबलबाट सुरु भएको अभियान आगामी ७ चैतमा कञ्चनपुर पुगेर समापन हुने भनेको अभियानको समय तालिका परिवर्तन भएको माओवादी केन्द्रले सुचना मार्फत जानकारी दिएको छ । समय तालिका परिवर्तन भए पछि अभियान एक दिन ढिला चैत्र ८ गते समापन हुने भएको छ ।

समय कार्यतालिका सामान्यतया एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी जिल्ला र समय तय गरिएको छ ।

तराई मधेश जागरण अभियान पछि २०८२ साल वैशाख महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय छ ।

परिवर्तन भएको कार्यक्रम तालिका यस्तो छ

मधेश प्रदेश (बाँकी जिल्ला)
सर्लाही- फागुन २२गते
रौतहट- फागुन २३गते
बारा- फागुन २४ गते
पर्सा- फागुन २५ गते
बागमती प्रदेश
चितवन- फागुन २६ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व) – फागुन २७ गते
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन- २८ गते (बिहान बुटवलमा मगर मोर्चाको उद्घाटनमा पुगेर परासी फर्कने )
रुपन्देही- चैत्र २ गते
कपिलवस्तु- चैत्र ३ गते
दाङ– चैत्र ४ गते
बाँके- चैत्र ५ गते
बर्दिया- चैत्र ६ गते
सुदुरपश्चिम प्रदेश कैलाली – चैत्र ७ गते
कञ्चनपुर- चैत्र ८ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0