काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य युवराज दुलालले एमाले महासचिव शंकार पोख्रेलले दिएको अभिव्यक्ति प्रती आपती जनाउनु भएको छ । उहाले सामाजिक संजाल फेस्बुक मार्फत पोख्रेललाई ७ वटा प्रश्न समेत सोध्नु भएको छ ।

दुलालले फेस्बुक यस्तो प्रतिक्रिया दिनु भएको छ “कमरेड शंकर पोखरेलजीको अति चुरीफुरी पछि केही लेख्न जरुरी ठानियो ।
माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले सरकारमा रहॅदा जनताको सकारात्मक रेस्पोन्स सहित सरकारको नेतृत्व गरेको कुरा स्वतन्त्र हैसियत राख्ने आम नेपालीको प्रतिक्रिया हामीले सुनेका छौं । आम मिडिया या सामाजिक सॅजालमा सबैले देखेकै हो । स्थानीय तहको उपनिर्वाचनमा त्यसको परिणाम पनि देखिएकै छ ।
तपाईहरुको गठबन्धन बनेपछि शानकासाथ सरकारबाट बाहिरिएर हामी जनतामा गएकै हो । अहिले पनि जनताप्रति आशा र भरोसाकासाथ अघि बढेका छौं । सुशासन, विकास र सामाजिक न्याय सहितको आर्थिक समृद्धिको आफ्नो स्पष्ट एजेण्डा बोकेर हामी माओवादी अघि बढेका छौं । र, चुनावमा हुने हारजितलाई स्विकारेर माओवादी केन्द्र अघि बढ्छ ।
आफूलाइ नेपालकै सबैभन्दा जान्ने ठान्ने तपाईलाई केही प्रश्न :
१. तपाई ठूलो पार्टी किन एक्लै सरकार नबनाएको ? संसदीय व्यवस्थामा पहिलो र दोश्रो पार्टीले सरकार चलाउने कुन चलन हो ?
२. एकल चुनावको दुहाई दिने तपाई र तपाईको ठूलो पार्टीले भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा कंग्रेससॅग किन गठबन्धन गरेको ?
३. पत्रकार महासंघको चुनावमा किन गठबन्धन गरेको ?
४. ०८४ को कुरा छोड्नुस्, आउनुहोस् यही चैत्र ५ मा हुन् गइरहेको स्ववियू चुनावमा एकल लडौं । लड्ने हो ? जित हार जे सुकै होला हामी सबै चुनाव एकल लड्न तयार छौं ।
५. नेपालमा सहकारीमा लाखौं जनताको अरबौं रकम डुबेको छ । तपाईको दुई तिहाईको सरकारले सहकारी पीडकलाई किन कारबाही नगरेको ? के सयौं सहकारीको लाखौं सदस्यको अरबौं रकम रबिजीले मात्र अपचलन गरेको हो ?
६. अध्यादेश जरुरी पर्दा मात्र ल्याउने हो । सहज रुपमा संसद चल्ने वातावरण हुदाहुदै संसद छलेर आधा दर्जन अध्यादेश किन ल्याएको ??
यी र यस्ता यावत प्रश्नको नैतिक जवाफ छ तपाई सॅग ?
सचेत नेपाली नागरिकलाई वेबकुफ बनाउने तपाईहरुको प्रवृत्ति र पुस्ताको राजनीतिले देश अघि बढ्दैन अब ।
७. तपाईको सरकारसॅग स्पस्ट बहुमत छ । तपाईहरुको बलियो गठबन्धन छ । आम जनतालाई चित्त बुझाएर देश विकासका काम गर्न, देशमा आशाको दियो बाल्न तपाई र तपाईको पार्टीलाई कसले रोकेको छ ??
अत : कृपया माओवादीको चिन्ता छोडेर, बकबासमा समय खर्चिनु भन्दा सरकारको नेतृत्व गरेको तपाई आफ्नो सरकारलाई जनपक्षीय काममा केन्द्रित गराउनुस् । वाहियात तर्क, कुतर्क र धेरै बकबासले देश बन्दैन कमरेड ।´´

एमाले महासचिव शंकर पोख्रेलले सामाजिक संजाल फेस्बुकमा यस्तो लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0