काठमाडौं । नेकपा (माओवादी केन्द्र) रामेछाप जिल्ला सदस्य तथा मन्थली नगर सचिव राम बहादुर तामाङको बिशेष पहलमा भक्तपुर मोडेल अस्पतालले रामेछाप बासीलाई ३०% छुट दिने भएको छ ।

आज भएको सम्झौता अनुसार सबै रामेछाप बासीलाई ३० छुट दिने भनिएको छ भने यो सम्झौता ३ बर्षको हुने छ ।

सम्झौता पत्रमा “लिखितम ज्ञानेन्द्र कुमार देबको छोरा जिल्ला धनुषा जनकपुर नगरपालिका वडा न ९ बस्ने भक्तपुर मोडेल हस्पिटल प्रा लिको संचालक वर्ष ३३ को डा अभिषेक देब (प्रथम पक्ष भनिएको) र धन बहादुर तामागंको छोरा जिल्ला रामेछाप मन्थली नगरपालिका -१३ बस्ने हाल काडाघारी बस्ने बर्ष ४२ को राम बहादुर तामागं (यस पछि दोस्रो पक्ष भनिएको) बीच यस भक्तपुर मोडेल हस्पिटलमा उपचार गर्न आउने बिरामीको उपचार सेवामा छुट दिनुहोस भनि प्रस्ताब राखे बमोजिम अस्पतालको प्रथम पक्ष मन्जुर भए बमोजिम उल्लेखित सर्तको अधिनमा रही दुवै पक्ष बीच यो करारनामा कागज गरि सहिछाप गरि १/१ प्रति बुझी लियों दियो ।
१) दोस्रो पक्ष राम बहादुर तामांग मार्फत सिफारिस भैइ आएको बिरामीलाई यस भक्तपुर मोडेल अस्पतालमा उपचार सेबा लिने रामेछाप जिल्ला बासिहरुले उपचार खर्चमा ३०% (तिस प्रतिशत) छुट पाउने गरि दुवै पक्ष बीच सम्झौता भएको छ।
२) यस सम्झौता पत्रको अबधि ३ बर्षको हुनेछ । सम्झौता पत्र थपघट गर्नु परेमा दुवै पक्षको आपसी सहमतिमा थपघट गर्न सक्नेछ ।
३) यो सम्झौता हामी दुवै पक्षले पूर्ण रुपले पालन गर्ने ।” भनिएको छ ।

रामेछाप बासीलाई उपचारमा सहुलियत हुने र पैसाको कारणले कोहि पनि उपचार गर्न पछि नपरुन भनेर यो सम्झौता गरिएको राम तामाङले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
0
+1
0