काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  सुनको मूल्य तोलामा तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।

मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७० हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको भाउ ३० रुपैयाँले घटेको छ । सोमबार तोलामा  १ हजार ९७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0