रामेछाप । सहिद दिवसको अवसरमा नेकपा (माओवादी) केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) मन्थली नगर कमिटि द्वारा रक्तदान तथा बिरामी भेटघाट एबं फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
रामेछापको सदरमुकाम मन्थलीको तिनलाल पार्कमा आयोजित कार्यक्रम संविधान सभा सदस्य तथा बागमती प्रदेश सभा सदस्य माननीय तारानारायण श्रेष्ठको उपस्तिथिमा भव्यताका साथ सम्पन्न भएको अखिल (क्रान्तिकारी) मन्थली नगर कमिटि अध्यक्ष जोहोनसोन कार्कीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम तिन चरणमा सम्पन्न भएको थियो । पहिलो कार्यक्रम सहिदको सालिकमा माननीय तारानारायण श्रेष्ठले माल्यार्पन गरेर सुभारम्भ गर्नु भएको थियो भनि दोश्रो चरणको कार्यक्रम नगर अध्यक्ष कार्कीले रक्तदान गरेर सुरुवात गर्नु भएको थियो र तेश्रो फलफुल वितरण कार्यक्रम मन्थली सामुदायिक अस्पतालमा नेकपा (माओवादी) केन्द्र मन्थली नगर कमिटि सचिव राम बहादुर तामांङले बिरामीलाइ फलफुल वितरण गरेर सुरुवात गर्नु भएको थियो ।
अखिल (क्रान्तिकारी) मन्थली नगर कमिटिको आयोजना र नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उप-प्रमुख प्रेम सागर श्रेष्ठ, नेकपा (माओवादी) केन्द्र मन्थली नगर कमिटि इन्चार्ज उद्धब रम्तेल, नेकपा (माओवादी) केन्द्र मन्थली नगर कमिटि उपाध्यक्ष नारायण दास श्रेष्ठ, अखिल (क्रान्तिकारी) बागमती प्रदेश उपाध्यक्ष सन्तोष चौहान, अखिल (क्रान्तिकारी) बागमती प्रदेश सदस्य सफल दाहाल, अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला उपाध्यक्ष नविन कार्की, अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला कोषाध्यक्ष राजकुमार श्रेष्ठ तगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको तस्वीरहरु ;