काभ्रे । खुशी समाज युवा क्लवको आयोजनामा ‘चौथो HSYC ल्होछार – २८६१’ खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ । तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व २८६१ औं सा पुख्रि / डुक ल्हो (सर्प वर्ष) को सोनाम ल्होछारको अवसरमा ल्होछार कप हुन लागेको हो । 

क्लवको सचिव एवं खेल संयोजक गणेश थिङले ‘स्वास्थ र परिवर्तनको लागि खेल, सभ्य समाज निर्माणका लागि हाम्रो मेल’ भन्ने संस्थाको मुल नारासहित ल्होछार कप प्रतियोगिता ०८१ माघ १७ देखि २१ गतेसम्म जिल्लाको खानीखोला-४ फुलडाँडास्थित क्लवको खेलमैदानमा सन्चालन हुने बताए ।

उनको अनुसार ल्होछार कप प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुने टिमले नगद पुरस्कार क्रमश:  ३५०००/- (पैतिस हजार), रु. १८०००/- (आठार हजार) र रु. १००००/- (दश हजार) रुपैयाँ सहित शिल्ड (कप), मेडलसँगै प्रमाणपत्र पाउने छन । साथै पालिकाकै सक्रिय क्लवको रुपमा रहेको खुशी समाजले प्रतियोगितामा उत्कृष्ट खेलाडी, बढी गोलकर्ता र उत्कृष्ट  किप्परलाई समेत उचित पुरस्कारले सम्मान गरिने भएको छ । 

त्यस्तै क्लवको सदस्य विकास वाईबाले प्रतियोगितामा सहभागी हुने क्लव/टिमले दर्ता शुल्क रु. ५ हजार ५५५ र धरौटी रु. १ हजार ५ सय गरी जम्मा रु. ७ हजार ५५ रुपैंया तोकिएको जानकारी दिए । उनले सहभागी हुन इच्छुक क्लव/टिमले ०८१ माघ १६ गते १० बजेभित्र टिम दर्ता गरिसक्नु पर्ने र प्रतियोगिता फिफाको नाइन ए (9A side) को नियम अनुसार खेलाइने बताए । प्रतियोगिताको खेल तालिका भने माघ १६ गते दिउँसो २ बजे सार्वजनिक गरिनेछ ।

क्लवका सदस्य वाईबाका अनुसार खेलको क्रममा खेलाडीले रातो कार्ड (Red card) र पहेंलो कार्ड (Yellow card) पाएमा धरौटी रमकबाट प्रति रातो कार्ड ३०० र पहेंलो कार्ड १०० जरिवाना स्वरुप काटिने छ । 

त्यस्तै क्लवको अर्को सदस्य श्याम बज्युले प्रतियोगितामा खेलाडी संख्या ९ जना र थप खेलाडी ५ जना गरी जम्मा १४ जना खेलाडी हुने बताए । उनको अनुसार कुनै टिम वा खेलाडी उपर रिट दर्ता गर्नु परेमा ५ सय रुपैयाँ शुल्क लाग्ने छ भने खेल सम्बन्धित कुनै विवाद भएमा आयोजकको निर्णय नै अन्तिम हुनेछ । 

ल्होछार कप प्रतियोगिताको उद्धाटन समरोह क्लवको खेलमैदानमा विहान ९ बजे हुने आयोजकले जनाएको छ । 

खानीखोलामा ल्होछार विशेष प्रतियोगिता र कार्यक्रमको चाङ  

जिल्लाको विकट खानीखोलामा ल्होछार विशेष प्रतियोगिता र कार्यक्रमको चाङ रहेको छ । खानीखोलामा ६ वटा भन्दा बढी कार्यक्रम रहेको छ । 

ल्होछारकै अवसरमा खानीखोला-१ धार्नेमा माघ १४, १५ र १६ गते गरी ३ दिन भलिवल प्रतियोगिता रहेको छ । जसमा प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रोले क्रमश: ४० हजार,  २५ हजार र १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ्न । 

त्यस्तै रक्त आधारभूत विद्यालयको ३५ औं वार्षिक उत्सव तथा सोनाम ल्होछारको अवसर पारेर फागुन १४, १५ र १६ भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको प्रथम, दोस्रो, र सान्त्वन्नाले क्रमश: ५० हजार,  २५ हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । 

त्यसैगरी नेपाल तामाङ घेदुङ खानीखोला समितिको आयोजनामा यहि माघ १५ गते ताल्ढुंगामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम  को आयोजना गरिएको छ । कार्यक्रममा ख्यातीप्राप्त सेलो गायक तथा संगीतकार फुलकुमार वम्जन लगायत दर्जनौले प्रस्तुति दिनेछन । त्यस्तै माघ १७ गते खानीखोला-७ मा समेत ल्होछार कार्यक्रमको आयोजना गारिएको छ । 

खानीखोलामा फुटवल र भलिवलमा मात्रै नगद २ लाख ३८ हजार बढि पुरस्कार राशीको प्रतियोगिता हुने भएको छ । सबै प्रतियोगिता र कार्यक्रम गरी करिव ४० लाख बढि खर्च हुने अनुमान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0