काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने चुनौती दिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा अहिले बाक्लो संख्यामा प्रहरी तैनाथ छन् ।

रित्तो गाग्री वा अन्य कुनै विरोधका सामग्रीसहित प्रवेश गर्न नदिने प्रहरीको तयारी छ । तथापि साम्पाङलाई सामान्य रूपमा सिंहदरबार प्रवेशमा रोक नलगाइएको प्रहरीले जनाएको छ ।

सोमबार काठमाडौं आइपुगेका हर्क धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
32
+1
2
+1
1
+1
1
+1
13