रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ३ कठजोरका चार सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सात सय वटा कपि र डट्पेन वितरण गरिएको छ ।
नेपाल विद्यार्थी संघ(नेविसंघ) नेता मनिष चुहान ,तरुण दल नेता सन्तोष भट्टराई ,नेविसंघ नेता रवि चूहान,रमेश चुहान,जडिबुटी तरुण नेता सशांक योगी र तेन्जिन लामाले सामुहिक सहयोगमा कपि र डट्पेन वितरण गरेको हो ।
उनीहरुले “शिक्षा सबैका निम्ति ” भन्ने नारा सहित सात सय कपि र सात सय डट्पेन वितरण गरिएको नेविसंघ नेता मनिषले बताए ।
उनका अनुसार प्रत्येक विद्यार्थीलाई ५ वटा कपी र ५ वटा डट्पेन वितरण गरिएको छ ।
कठजोरका श्री कालिका आधारभूत विद्यालय,श्री महादेव आधारभूत विद्यालय,श्री गुणजेश्वरी आधारभूत विद्यालय
र श्री आधारभूत विद्यालय अर्चलेका १२० जना विद्यार्थीलाई वितरण गरिएको थियो ।
नेविसंघ नेता चुहानले यसअघि पनि विभिन्न सामाजिक कामहरु गर्दै आइरहेका छन् । उनले गत वर्ष रामेछापमा विभिन्न प्रजातिका एक हजार बिरुवा लगेर वृक्षारोपण समेत गरेका थिए ।