काठमाडौँ । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको मूल्याङ्कनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरूको नामावली आज गोरखापत्र दैनिकमा सूचना सार्वजनिक भएको हो ।

उपसचिवमा बढुवा सिफारिस भएका मध्ये प्रशासन सेवाका ३९, लेखाका ११ र राजश्वका ७ गरी जम्मा ५७ जना अधिकृत रहनु भएको छ । अब यो बढुवा सिफारिसमा चित्त नबुझाकाहरुले सूचना प्रकाशित भएको आजको मितिदेखि ३५ दिनभित्र लोक सेवा आयोगको कार्यालयमा उजुरी दिन सक्ने छन् ।

बढुवा सिफारिस सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0