२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

एमाले निकट शाखा अधिकृत प्रसाईं घुस सहित पक्राउ

काठमाडौँ । नेकपा एमालेको कार्यकर्ता घुस रकम सहित रंगेहात पक्राउ परेको छ । राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं तीन लाख रुपैयाँ घुससहित पक्राउ परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टिमले पेन्सनपट्टा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा सेवाग्राहीबाट रु तीन लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

पक्राउ परेका प्रसाईं रामेछाप जिल्ला मन्थली नगरपालिका ७ भटौली निवासी हुन् । उनी एमाले निकट हुन् । उनले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र युवा नेता महेश बस्नेत सँग फोटो खिचेर फेसबुकमा शेयर गरेका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।