२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

काँग्रेस काभ्रे:सय दिने अभियानलाई लिएर गाउँ-गाउँ पुगे प्रवक्ता सन्तमान तामाङ

काभ्रे । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले देशैभर `सय दिने अभियान ´ सन्चालन गर्न २०८१ असोज ७ गते उद्घाटन गरिएको थियो । ७७ वटै जिल्लामा एकसाथ सन्चालन हुने अभियान पौष १६ गते समाप्त हुँदैछ ।

केन्द्रले गरेको सोही परिपत्र अनुसार नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिको बैठकले प्रत्येक स्थानिय तह र वडाहरुमा पनि प्रतिनिधिहरु खटाएको थियो । त्यसै अन्तर्गत नेपाली कांग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङ भने नमोबुद्ध नगरपालिकामा प्रतिनिधिको रुपमा खटिएका छन् ।

उक्त नगरपालिका भित्रका ११ वडाहरुमा अभियान अन्तिम चरणमा पुगेको प्रतिनिधि एव् काँग्रेस काभ्रेका प्रवक्ता तामाङले जानकारी दिए । निरन्तर अभियानकै मैदानमा रहेका प्रवक्ता तामाङ पौष १० गते भने नमोबुद्ध नगरपालिका वडा नं १० मा सो अभियानलाई सम्बोधन गर्नु पुगेका थिए ।

उनले त्यँहा आयोजित अभियानलाई सम्बोधन गर्दै कांग्रेसको क्रियाशिल सदस्यता वितरण अन्तरक्रिया कार्यक्रमका साथै विभिन्‍न पार्टी परित्याग गरी कांग्रेसमा ४० जना नव प्रवेशिलाई स्वागत गरे । प्रवक्ता तामाङले गत असोज १०,११ र १२ गते गएको बाढी र पहिरोबाट पिडितहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक सहित आवस्यक विभिन्‍न सहयोग गरेको कारण विभिन्न पार्टी परित्याग गरि ४० जना काँग्रेसमा प्रवेश गरेको हो ।

साथै प्रवक्ता तामाङले जाडो मौसमलाई मध्यनजर गर्दे चाँडै नै त्यहाँका स्थानीय १०० जनालाई ब्ल्यांकेट उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा नमोबुद्ध नगरपालिका प्रमुख एवं कांग्रेस नमोबुद्ध नगरपालिका सभापति कुन्साङ लामा,कांग्रेस काभ्रेका जिल्ला सदस्य विजय लामा , नेपाल आदिवासी जनजाति महांसघ क्षेत्र नं १ प्रदेश सभा (ख)का सभापति रोहित लामा पार्टीका विभिन्‍न अन्य पदाधिकारीहरु, वडा सभापति लगाएको उपस्थिति रहेकोे थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।