काठमाडौँ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका छन्।
बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा एमालेले कार्यदल बनाएर आन्तरिक रूपमा काम सुरू गरिसकेको बताए।
‘संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ’, उनले भने, ‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ। सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ।’
सत्तारूढ दल काँग्रेस र एमालेले संघीय संसदमा विचारधीन विधेयकहरूबारे छलफल गर्न मंगलबार कार्यदल बनाएको छ।
कार्यदलमा दुवै पार्टीका संसदीय विभागका प्रमुखहरू, संसदीय दलका प्रमुख सचेत तथा सचेतकहरू सदस्य रहनेछन्।
https://www.khabarpetika.com/2024/12/25/9432/