२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

अब यी फोनमा ह्वाट्सएप र फेसबुक नचल्ने

काठमाडौं । तपाईं ह्वाट्सएप, फेसबुक चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने ख्याल गर्नुहोस्, सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने हुँदै छ ।

आउँदो जनवरी १ देखि २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।

यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम


१० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड/आईओस)मा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।

सामसङ : ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनि ।
मोटोरोला : माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४ ।
एचटीसी : वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ ।
एलजी : अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० ।
सोनी : एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ।

एन्ड्रोइडको ४.१ (जेल बिन)भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।

यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लसमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । टाइम्स अफ इन्डियाबाट ।

https://www.khabarpetika.com/2024/12/24/9388/

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।