२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

कांग्रेस–एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै जान्छ: महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै जाने बताएका छन् । सोमबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारको आयु अर्को चुनावसम्मै रहेको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरुले पार्टी छाड्न खोजेपछि प्रचण्ड र रास्वपाका केही नेताहरुले सरकार ढल्ने भ्रम फिँजाएको उनको दाबी छ । नेता बस्नेतले वर्तमान सरकार ०८४को निर्वाचन अघिसम्म सशक्त ढंगले जाने बताए ।

‘स्वतन्त्र पार्टी र प्रचण्ड पार्टीका मान्छेले के भन्दैछन् भने– यो सरकार ढल्दैछ । त्यो नभने त कार्यकर्ताले पार्टी छाड्छन् । यिनीहरुले आफ्ना कार्यकता थेग्नका लागि सरकार ढल्दैछ भनेका हुन् । सरकार कुनै हालतमा ढल्दैन । सशक्त ढंगले जान्छ । प्रचण्ड र रविका पार्टीका कार्यकर्ताले हालेको धुपले यो सरकारलाई केहीपनि हुनेवाला छैन,’– उनले भने ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।