२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

आशिमाला तमु(गुरुङ) समाजले तारकेश्वरमा पौष १० गते तमु ल्होसारको अवसरमा  कार्यक्रम गर्ने 

काठमाडौ । गुरुङ समुदायको महान सांस्कृतिक पर्व तमु ल्होसारको अवसरमा आशिमाला तमु(गुरुङ) समाजले यहि पौष १० गते सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

काठमाडौ स्थित तारकेश्वर नगरपालिका वडा न. १ मा कार्यक्रमको आयोजना हुन लागेको हो ।

गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय अध्यक्ष कर्ण बहादुर गुरुङको प्रमुख आतिथ्यमा मुप्रि ल्हो (गरूड वर्ग) को विदाइ गर्दै सप्रि ल्हो (सर्प वर्ग) को स्वागतमा शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको संस्थाको अध्यक्ष पुर्ण गुरुङ(धर्मराज) ले जानकारी दिए ।

गुरुङ समुदायले मनाइने तमु ल्होसारको कार्यक्रममा धर्मगुरुबाट स्वस्तिशान्ति सहित पुजापाठ , ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति , खेलाडि, जनप्रतिनिधि, कलाकार र जेष्ठ नागरिक सम्मान सहित विभिन्न मनोरञ्जनका कार्यक्रम रहने कार्यक्रम संयोजक शिला गुरुङले बताइन् । उनले गुरुङ समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम भव्य र सभ्य बनाउनको लागि समेत अनुरोध गरेकी छन् ।

गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रूपमा उत्साहको साथ मनाउने गर्दछन् । गुरुङ भाषामा वर्गलाई ल्हो भनिन्छ। ल्हो १२ वटा हुन्छन् र हरेक वर्षमा ल्हो फेरिन्छ। यसरी हरेक वर्षको पुष १५ बाट यो फेरिने हुदा पुष १५ को दिनलाई नयां वर्ष अर्थात ल्होसारको रूपमा मनाईन्छ। ल्हो का नामहरू उड्ने, घर्सने र हिड्ने जनावरका नाम संग मिल्ने गरी राखिएको छ । 

यी वर्गहरू १२ वटा हुन्छन् ती क्रमश: 

तो ल्हो(वाघ वर्ग), ह्यू ल्हो(बिरालो वर्ग), म्हुप्री ल्हो(गरूड वर्ग), सप्री ल्हो(सर्प वर्ग), त ल्हो(घोडा वर्ग), ल्हु ल्हो( भेडा वर्ग), प्र ल्हो(वांदर वर्ग), च्ह्या ल्हो(चरा वर्ग), खी ल्हो (कुकुर वर्ग), फो ल्हो ( मृग वर्ग), च्ह्यू ल्हो ( मुसा वर्ग ), लों ल्हो ( गाई वर्ग ) । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।