२०८२ माघ ९ शुक्रबार
२०८२ माघ ९ शुक्रबार

एनपीएल उपाधि विजेता जनकपुर बोल्ट्सका सदस्यलाई प्रधानमन्त्रीको सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका सदस्यलाई सम्मान गरेका छन् । आइतबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा उनले टिम क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई सम्मान गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि पाँच विकेटको विजय हासिल गरेको थियो ।

प्रधानमन्त्री ओलीले आउँदा दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिए । विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न उनले आग्रह गरे ।

“यो हामी सबैको जित हो । नेपालीको जित हो । एनपीएलको जित हो । यस खेलमा तपाईंहरूको असाधारण क्षमता देखिएको छ । दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्सका खेलाडीहरू बधाईका पात्र हुनुहुन्छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले अगाडि भने, “तपाईंहरू हिरो हो । नायक र महानायक हो । म तपार्ईंहरूको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ । आगामी दिनमा अझ ठूला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।”

कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान गरिएको उनले सुनाए । सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका निम्ति गर्नुपर्ने प्रयास निरन्तर हुने उनले अवगत गराए ।

विदेशी खेलाडी नेपाल आउँदा र यहाँको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झन्झटिलो प्रक्रिया भएको क्रिकेट संघ र व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने बताए । सरकारले आवश्यक सहजीकरण गर्ने उनले विश्वास दिलाए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।