२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

काभा भलिबल च्याम्पियनसिप-हेल्प नेपाल र भारतको क्यालिकट उपाधीको लागि भिँड्दै

काठमाडौं । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पुगेको छ ।

शुक्रवार माल्दिभ्सको क्लब एचडिसीलाई ३-० को सोझो सेटले पराजित गर्दै हेल्प नेपालले फाइनलमा पुगेको हो ।

लिग चरणमा दोस्रो भएको हेल्प नेपालले चौथो स्थानको एचडिसीलाई २५-१६,२५-१८,२५-२१ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो ।

त्यसअघि इरानको यु १८ टोलीलाई ३-१ ले हराउँदै क्यालिकट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो ।

लिग चरणको खेलमा शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको इरानको युवा टोलीले सुरूवात राम्रो गर्यो।पहिलो सेट २५-२१ ले जित्यो। खेलमा १-० को अग्रता बनायो। एक सेट गुमाएको क्यालिकटले सानदार कमब्याक गर्यो। २२-२५ को स्कोरमा इरानले दोस्रो सेट गुमायो।

क्यालिकटले खेललाई १(१ को बराबरीमा पुर्यायो। तेस्रो सेटमा पनि इरानलाई दबाबमा दिंदै २५-२० ले तेस्रो सेट जित्दा २-१ को अग्रता बनाउन सफल भयो। खेलमा फर्कने कोशिशमा रहेको इरानको टिमले चौथो सेटमा क्यालिकटलाई चुनौती दिएपनि २६-२४ ले चौथो सेट जित्दै फाइनलमा स्थान बनायो।

लिग चरणमा शीर्षस्थानमा रहेको इरानले पहिलो हार बेहोर्दा सेमिफाइनलबाट बाहिरिन पुग्यो ।

फाइनल खेल अन्तर्गत तेस्रो स्थानको खेल दिउँसो १:०० बजे र फाइनल दिउँसो ४:३० बजे सुरु हुने आयोजकले जनाएको छ ।












छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।