काठमाडौं । जारी सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को सेमिफाइनको खेल शुक्रवार हुने भएको छ ।

त्रिपुरेश्वतरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार लिग चरणका अन्तिम दुई खेल सम्पन्न भएसँगै सेमिफाइनलको खेल शुक्रबार हुने भएको हो ।
टिम इरानले क्यालिकटसंग र टिपटप नेपालले एचडिसीसंग सेमिफाइनलमा भिँड्ने छन् ।
आज भएको खेलमा घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब इरान-१८ टोलीसँग ३-१ को सेटमा पराजित भएको थियो । यस्तै आजको अन्तिम खेलमा घरेलु टोली गण्डकी प्रदेश भारतको क्यालिकट हिरोजसँग ३-० को सोझो सेटमा पराजित हुँदै लिग चरणबाट नै बाहिरीसकेको छ ।
हाल इरान १० अंकसहित शीर्ष, हेल्प नेपाल ८ अंकसहित दोश्रो, क्यालिकटले ७ अंकसहित तेश्रो र माल्दिभ्सको क्लब एचडीसीले २ अंकसहित चौथो स्थानमा रहेको छ ।
फाइनल खेल सनिवार सम्पन्न हुने आयोजकले जनाएको छ ।












