२०८२ मंसिर २६ शुक्रबार
२०८२ मंसिर २६ शुक्रबार

टिप टप हेल्प नेपालको लगातार तेश्रो जित

काठमाडौं । सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ मा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार तेश्रो जित हासिल गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वतरमा बुधबार सम्पन्न भएको खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसीलाई ३-१ ले पराजित गरेको हो ।

पहिलो २५-२२ ले जितेको हेल्प नेपालले दोश्रो सेट भने २४-२६ ले पराजित भयो । त्यसपछिका दुई सेट क्रमशः २५-१९ र २५-२१ ले हेल्प नेपालले एचडीसीलाई हराएको थियो ।

हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकटलाई ३-२ र दोश्रो खेलमा गण्डकीलाई ३-१ को सेटमा हराएको थियो । अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको हेल्प नेपालले ३ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

एचडीसीको चार खेलमा २ अंक रहेको छ । यसअघि आज नै भएको पहिलो खेलमा इरानको यु १८ टोलीले भारतीय च्याम्पियन क्यालिकट हिरोजलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेश्रो जित हासिल गरेको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।