२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

काभा मेन्स भलिबल च्याम्पियनसिप : आज हेल्प नेपालले माल्दिभ्सको एचडिसीसँग भिड्ने

काठमाडौं । जारी काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज लिग चरणका दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने पहिलो खेलमा भारतको क्यालिकटले इरानको यु-१८ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

इरानको यु-१८ टोली लगातार तेस्रो जित निकाल्ने कोसिसमा छ भने क्यालिकट पहिलो खेलमा नेपालको टिपटप हेल्प नेपालसँग पराजित भएको थियो। दोस्रो खेलमा भने माल्दिभ्सको क्लब एचडिसीलाई ३-० को सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको थियो।

इरानले २ खेल बाट ४ अंक जोडेको छ । क्यालिकटसँग ३ अंक छ। यो खेल आज दिउँसो २:३० बजे सुरु हुनेछ।

आज हुने दोस्रो खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीसँग खेल्नेछ। अपराजित रहेको घरेलु टोली हेल्प नेपाल लगायार तेस्रो जितको लक्ष्यमा रहनेछ। खेल साँझ ५ बजे हुनेछ।

हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकटलाई ३-२ ले हराएको थियो। दोस्रो खेलमा गण्डकीलाई पराजित गरेको थियो। हेल्प‌ नेपाल‌५ अंकका साथ शीर्ष स्थानमा छ।

यता एचडिसीले भने गण्डकीलाई ३-२ ले पराजित गर्दै जितबाट सुरुवात गरेपनि यसपछि लगातार दुई खेलमा हार बेहोरिसकेको छ। इरान यु १८ र क्यालिकटसँग लगातार दुई खेलमा एचडिसीले हार भोगेको छ।

https://www.khabarpetika.com/2024/12/11/9237/

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।