२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

काभा पुरुष भलिबल : गण्डकी र टिप टप हेल्प नेपाल भिंड्दै

काठमाडौ । सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ अन्तर्गत आज दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज पहिलो खेल टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचमा हुनेछ।  खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेताका रुपमा हेल्प नेपाल र उपविजेताका रुपमा गण्डकीले च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।हेल्प नेपाल लगातार दोस्रो जित हात पार्ने दाउमा रहनेछ।

शनिवार उदघाटन खेलमा हेल्प नेपालले दाबेदार भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा हराएको थियो। गण्डकी भने पहिलो जितको खोजीमा हुनेछ। हिजो माल्दिभ्सको क्लब एचडिसी विरूद्ध राम्रो सुरूवात गरेपनि पछिल्ला ३ सेट लगातार गुमाउँदा गण्डकी पराजित हुन पुगेको थियो।

दिनको दोस्रो खेलमा एक खेल जितिसकेको माल्दिभ्सको क्लब एचडिसीले इरानको यु-१८ सँग प्रतिस्पर्धा गर्नेछ।खेल साँझ ५ बजे सुरु हुनेछ।

क्लब एचडिसीले हिजो पहिलो खेलमा उत्कृष्ट कमब्याक गर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले हराउँदै विजयी सुरूवात गरिसकेको छ। इरानी टोलीको यो पहिलो खेल हो।

च्याम्पियनसिपमा नेपाल सहित ४ राष्ट्रका ५ क्लबको सहभागिता रहेको छ। सिगंल राउन्ड रोबिन लिगमा १० खेल सहित च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन्। लिगका शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।