काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् ।
उनलाई परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।
भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरेर फर्कने कार्यक्रम छ ।
भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् । विमानस्थलबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ ।