२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने

नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन भएको छ ।

डिसेम्बर २३ देखि २६ तारिख सम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुने अखिल नेपाल व्याडमिन्ट संघ कोषाध्यक्ष तिलक पाण्डेले जानकारी दिए ।

यो प्रतियोगिता सकिएको भोलिपल्टैदेखि नेपाल इन्टरनेशनल जुनियर प्रतियोगिता आयोजना हुनेछ । वल्र्ड ब्याडमिन्टन र ब्याडमिन्टन एशियाको प्रायोजन र राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालसहित २२ देशका खेलाडीले सहभागिता जनाउने छन् ।

उक्त प्रतियोगितामा नेपालसहित भारत, बंंगलादेश, अमेरिका, क्यानडासहित २२ देशले सहभागिता जनाउने कोषाध्यक्ष पाण्डेले जानकारी दिए ।

दुवै प्रतियोगिताका महिला र पुरुष खेलाडीलाई पुरस्कार प्रदान गर्दा मात्रै १५ हजार डलर खर्च हुनेछ । सिङ्गल्स र डबल्सका विजेताले १२ सय डलर प्राप्त गर्दा उपविजेताले ७२०, सेमिफाइनल पुगेकाले ३०० र क्वाटरफाइनलमा पुगेकाले १२० डलर पुरस्कार पाउने छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।