२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

यु-१९ एसिया कप, नेपाल श्रीलंकासँग ५५ रनले पराजित

काठमाडौं । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ । यु-१९ एसिया कपअन्तर्गत शुक्रबार दुबईमा भएको खेलमा नेपालले ४६.२ ओभरमा अलआउट हुँदै १७८ रनमात्र बनाउन सक्यो।

नेपालका लागि मयन यादवले अर्धसतकसहित ६१ रन बनाए। त्यस्तै आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, उत्तम मगरले १७ र नरेन साउदले १६ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो। श्रीलंकाका लागि सारुजन सनमुगन्थनले सर्वाधिक ६२ रन बनाए। त्यस्तै लक्भिन अवेसिंघेले ५० रन, कभिजा गमेगेले ३७ रन र भिमाथ दिन्सारा र दुलनिथ सिगेराले २४-२४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यु-१९ एसिया कपमा नेपाल बी समूहमा रहेको छ। श्रीलंकापछि नेपालले बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ। समूह एमा भने भारत, पाकिस्तान , युएई र जापान रहेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।