२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

दु:खद खबर – रामेछापमा गाडी दुर्घटना हुँदा वडाअध्यक्ष सहित ५ जनाको मृत्यु  

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको  मृत्यु भएको छ  । 

शुक्रवार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सोही वडाको सिमल डाँडा भिरमा दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको घटना स्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीका वडा अध्यक्ष ४५ वर्षका रामचन्द्र बस्नेत, गाडी चालक मन्थली नगरपालिका–९ पुरानागाउँका वर्ष ३५ का हिराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका– ५ की ३० बर्सिया कविता कार्की खड्का र उहाँकी छोरी वर्ष ७ की स्वस्तिका खड्काको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । उनका अनुसार  मृतक एक जनाको पहिचान खुल्न बाँकी  छ ।

 दुर्घटनामा घाइते भएका कास्की जिल्ला लेखनाथ नगरपालिका घर भएका वर्ष ४२ का केशव शर्मा, पहिचान खुल्न बाकी अन्दाजी ४ वर्षका बालक र गोकुलगंगा गाउँपालिका–४ बेताली कि २७ बर्सिया सरस्वती कार्कीको सदरमुकाम मन्थली स्थित मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।