२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

खानीखोलामा लामाहरु  कुन्छाम बस्दै,२६ मङ्सिरमा उद्घाटन हुने

 

काभ्रे  । जिल्लाको खानीखोला गाउँपालिकामा लामाहरु कुन्छाम् (गुफा) बस्ने भएका छन्। कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको अध्यक्ष वीरबहादुर वाइबाले विभिन्न ठाउँको  लामाहरुको उपस्थितिमा कुन्छाम् (गुफा) बस्न लागेको जानकारी दिए।

अध्यक्ष वाइबाका अनुसार खानीखोला–५ स्थित ताल्ढुंगामा २६  मंसिर गते उद्घाटन भएसँगै २७ मंसिरबाट भने लामा गुरु खेन्पो सेराप ग्याल्छेनबाट थुन शुरु भै पुसको मसान्तमा समापन हुनेछ।  

उनले कुन्छाम् (गुफा) बस्ने लामाहरु अघिल्लो पटक भन्दा यसपटक बढि हुन सक्ने अनुमान गरेको बताए। गतवर्ष दुई सय जना लामाहरु विभिन्न चरणमा गरी कुन्छाम बसेका थिए । कुन्छाम् बस्न काभ्रेसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायत जिल्लाबाट लामाहरु उपस्थित हुने आयोजकले जनाएको छ।

अध्यक्ष वाइबाले अहिंसा र शान्तिमा योगदान पुर्‍याउनुका साथै बौद्ध धर्म, कला, संस्कृतिको संरक्षण, संवर्द्धन र विकाससँगै समस्त लामाको हक, हित, भाषा, लिपी, बुद्धको उपदेशहरूको पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो पार्ने, एकरूपता र सरल पार्ने हेतुले कुन्छाम् राखिएको स्पष्ट पारे। 

उनले तामाङ समाजमा पछिल्ला समय लामाहरू कम हुँदै गएकाले कुन्छाम् मार्फत् लामा पठनपाठनसँगै लामा उत्पादनमा सहयोग पुग्ने बताए। 

कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाका सचिव प्रेमबहादुर स्याङ्तानले कुन्साम्‌ले धार्मिक तथा साँस्कृतिक सम्बन्ध विकास गरी लामाहरूलाई बौद्ध ज्ञानसहित संगठित तथा उत्पादन गर्न टेवा पुग्ने बताए। 

उनले कुन्छाम्‌मार्फत बौद्ध धर्मको प्रचारप्रसार, प्राणी तथा अप्राणी सत्वहरूको मुक्ति, अहिंसा र शान्तिमा योगदान पुग्ने विश्वास व्यक्त गरे। 

खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले कुन्छाम् राख्न लागेको खबरले आफू निकै खुशी भएको बताउँदै यसले खानीखोलाको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले कुन्छामले खानीखोलालाई धार्मिक पर्यटनको रुपमा चिनाउनु मद्दत गर्ने बताए । उनले आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको आयोजनामा हुन लागेको कुन्छाम्‌को लागि गाउँपालिकाबाट आवश्यक सहयोग तथा समन्वय हुने जनाइएको छ। 

एकै पटक ठूलो संख्यामा उपस्थित हुँदा व्यवस्थापन गर्न असहज हुने देखिएकोले कुन्छाम्‌मा सहभागी हुने लामाहरुलाई आयोजकसँग सम्पर्क गरी नाम टिपाउनसमेत पालिकाले आग्रह गरेको छ। 

आयोजकले लामाहरु कुन्छाम्‌ बस्ने क्रममा धेरै खर्च लाग्ने हुँदा इच्छुक व्यक्ति तथा संघ/संस्थाले आवश्यक खाद्यान्न तथा म्याटसहित विभिन्न सामाग्री सहयोगका लागि आग्रहसमेत गरेको छ।

लामा घेदुङ खानीखोलाका सचिव तितुङले कुन्छाम्‌ बस्ने लामाहरुको लागि खाना र बस्न भने आयोजकले नै व्यवस्था गर्ने बताए।

आयोजकले कुन्छाम् बस्न आउने लामाहरुलाई खाना खाने थाल वा प्लेट, गिलास जस्ता आवश्यक सामाग्री भने आफैँले लिएर आउन पनि अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।