२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

असभ र ज्याक्सको जोडी पहिलो

काठमाडौं । नेपालका असभसम्राट हाडा र न्युजिल्यान्डका ज्याक्स रुपको जोडीले इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट टुको ब्वाइज डबल्समा बुधबार स्वर्ण जितेका छन् ।


सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा असभ र ज्याक्सको जोडीले नेपालका वृजेश अर्याल र विश्वविषेश डल्लाकोटीको जोडीलाई ६–२, २–६ र ११–९ ले पराजित गरे ।


गल्र्स सिंगल्समा सर्किट– १ की विजेता शिभाली गुरुङले नेपालकी जोयाकुमारी जोशी तथा माल्दिभ्सकी अइसथ करिन सइजनले नेपालकी अनुश्री ध्वजुलाई हराउदै फाइनलमा स्थान पक्का गरे । दुवैले प्रतिद्वन्द्वीमाथि समान ६–० र ६–० को सहज जित निकाले ।
ब्वाइज सिंगल्समा न्युजिल्यान्डका ज्याक्सले बंगलादेशका मोहम्मद रकिन रहमनलाई ६–२ र ६–१ तथा भारतका तनिस नन्दाले बंगलादेशका मुहम्मद हैदरलाई ६–० र ६–० को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

https://www.khabarpetika.com/2024/11/27/9055

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।