२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

अस्ट्रेलिया सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै

काठमाडौं । अस्ट्रेलिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने विधेयक अघि सारेको छ । यो नियमको उल्लंघन गर्ने कम्पनीलाई तीन करोड २० लाख अमेरिकी डलर जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ ।

यो कानुनसँगै अस्ट्रेलियाले उमेर प्रमाणीकरण प्रणालीको परीक्षण योजना अघि सारेको छ । सामाजिक सञ्जाल कम्पनीहरूले यही प्रणालीअनुसार बायोमेट्रिक वा सरकारी प्रमाणीकरण प्रयोग गर्नुपर्नेछ ।

यो हालसम्म कुनै पनि देशले अघि सारेको सबैभन्दा महत्त्वपूर्ण नियमनको प्रक्रिया हो । यस्तै, यो कुनै पनि देशले तय गरेको उमेहदको उच्च सीमा हो ।

यो विधेयक पारित भएर कानुन बनेमा १६ वर्षमुनिका बालबालिकाको पहिल्यैदेखि रहेका अकाउन्ट पनि चल्न दिइने छैन ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई ‘ऐतिहासिक सुधार’ भनेका छन् । सामाजिक सञ्जाल एवं इन्टरनेट कम्पनी मेटा र गुगलले यो कानुन पारितमा ढिलाइ गर्न माग गरेका छन् । दुवै कम्पनीले अस्ट्रेलियाले उमेर प्रमाणीकरण प्रणालीको परीक्षण गरिसक्दासम्म कानुन अघि नबढाउन माग गरेका हुन् ।

अस्ट्रेलिया सरकारले यसै हप्ताको अन्त्यसम्ममा उक्त विधेयक पारित गर्न सक्ने ठानिएको छ । सामाजिक सञ्जाल कम्पनीहरूले भने उचित परामर्शबिना कानुन अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।