२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

युक्रेनमा पुनः रूसी हमला सातजनाको मृत्यु

किएभ (युक्रेन),  मङ्सिर ४ गते । सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताउनुभएको छ ।  सुमी रूसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र हो जहाँ युक्रेनी सेनाले गत अगस्टमा  आक्रमण गरी धेरै भूभाग कब्जा गरेको थियो ।

सोमबार राति, ड्रोनले प्रहार गरी एक स्थानीय शैक्षिक संस्थाको छात्रावास ध्वस्त पारेको उल्लेख गर्दै आक्रमणमा हालसम्म एक बालकसहित सात जनाको मृत्यु भएको  जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जनाउनुभएको हो । 

उहाँले घटनास्थलबाट पोस्ट गरेको भिडियोमा उद्धारकर्मीहरूले भग्नावशेषको छानबिन गदै गरेको तथा आक्रमणमा मृत्यु भएकाहरुलाई  निकालिरहेको देखाइएको थियो ।

उहाँले आक्रमणमा “दुई बालकसहित दश जनाभन्दा बढी घाइते भएको  र अझै पनि भग्नावशेषमुनि मानिसहरू फसेका हुनसक्ने बताउनु भएको छ ।   

सुमीमा रूसी क्षेप्यास्त्र हमलाबाट एक बालकसहित आठ जनाको मृत्यु भएको दुई दिनपछि यो आक्रमण भएको हो । रूसको निरन्तरको आक्रमणले सीमानजिकैका सम्पूर्ण जिल्लाहरूलाई अति प्रभावित बनाउनुका साथै युक्रेनमा ऊर्जा सुविधाहरू ध्वस्त पारेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।