२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियो

काठमाडौं । फिफा नोभेम्बर विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका निम्ति ताजिकिस्तान पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । नेपाली टिम सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो ।

विमानस्थलमा नेपाली टिमलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश शाह, प्रतियोगिताका निर्देशक सञ्जीव मिश्रलगायत अधिकारीले स्वागत गरेका थिए ।

ताजिकिस्तानमा नेपालले पहिलो खेल घरेलु टिमसँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अफगानिस्तानविरुद्ध २–० को जित निकालेको थियो । नेपाली टिमले अन्तर्राष्ट्रिय फुटबलमा १३ महिनापछि यो जित निकालेको हो ।

यी दुई मैत्रीपूर्ण खेलमा नेपाली टिमको मुख्य प्रशिक्षण नवीन न्यौपानेले सम्हालेका थिए । एन्फा यसअघिका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेससँग सम्झौता नवीकरण नगर्ने निर्णयमा पुगेपछि न्यौपानेले अन्तरिम जिम्मेवारी पाएका हुन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।