२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

मुख्यसचिव डा. वैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौँ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर गरेलगत्तै मुख्यसचिव अर्यालले सचिवालयमा राजीनामा बुझाएका हुन्।

मुख्यसचिव अर्यालको सचिवालयले उक्त राजीनामा पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखामा पठाइसकेको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त पत्र पेश हुने र अर्यालको राजीनामा स्वीकृत हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

अर्यालले आइतबार दिउँसो राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गरेका थिए । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा रमाना पठाएको थियो । गत कात्तिक १४ मा सफाइ पाएका उनले २० कात्तिकको निर्णयअनुसार आयोगमा हाजिर गरेका थिए ।

उनी निलम्बनमा रहेकै बेला नयाँ मुख्यसचिव नियुक्ति भइसकेको अवस्थामा सोही स्तरको पदमा आयोगमा कुनै खास र स्पष्ट जिम्मेवारी बिना बस्न उपयुक्त नहुने भन्दै अर्यालले राजीनामा दिएको बुझिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।