२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

स्वार्थ समूले करोडौँ घुस खाएको अफवाह फैलायो: पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूले स्वार्थ समूहहरूसँग कुनै पनि खालको सम्झौता नगर्ने बताएका छन् ।

मन्त्री पाण्डेले काम गर्ने क्रममा स्वार्थ समूहका मतियार र विचौलियाहरू बलियो देखेको उल्लेख गर्दै उनीहरूसँग कुनै पनि सम्झौता नगरी अघि बढ्ने उल्लेख गरे । मन्त्री पाण्डेले स्वार्थ समूहहरूकै कारण आफूमाथि पनि करोडौँ घुस खाएको अफवाह फैल्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूलाई मानमर्दन गराउने गरी घुस खाएको आरोप लगाउनेहरूसँग प्रतिवाद गर्दै अघि बढ्ने पनि बताए ।

उनले भने, “पहिले राजनीतिक व्यक्तिहरू शक्तिशाली हुनुहुन्थ्यो, अहिले स्वार्थ समूहहरू शक्तिशाली भएको मैले देखिराखेको छु । स्वार्थ समूहका मतियार, विचौलियाहरू बलिया भएको देखिरहेको छु । मैले ३/४ महिनाको यो कामको अनुभवमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारहरूले मलाई मानमर्दन गर्नेगरी, मेरो मनोबल र आत्मविश्वासलाई गिराउने गरी केही प्रचारबाजी गरेको देखेको छु ।” 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।