२०८२ माघ ९ शुक्रबार
२०८२ माघ ९ शुक्रबार

केपी ओली गणतन्त्र विरोधी नेता हुन् :नेपाल

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली गणतन्त्र विरोधी नेता भएको बताएका छन् । एमालेमा हुँदा गणतन्त्रको बारेमा केन्द्रीय समिति बैठकमा निर्णय गर्दा ओली, विष्णु पौडेल लगायतका ठुला नेताहरू गणतन्त्रको विरुद्धमा उभिएको उनको भनाइ छ ।

सोमबार वीरेन्द्रनगरमा सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बोल्दै उनले भने, ‘त्यो बेला निकै विवाद भयो । विवाद गर्नेले गणतन्त्र नेपालमा सम्भव छैन भने, ती साना नेता हैनन् ठुला नेता हुन् केपी ओली, विष्णु पौडेल हुन् ।’

उनीहरुले फरक मत राखेको र केपीले बयलगाढा चढे अमेरिका पुग्न सकिन्छ रु भन्दै भाषण दिने गरेको नेपालको भनाइ छ ।

साथै आन्दोलन गरेर राजा फाल्न नसकिने भन्दै गणतन्त्रको विरोध गरेर ओली हिँडेको तर आफूहरूले त्यसको अगुवाइ गरेर देशमा गणतन्त्र आएको नेपालले बताए । ‘गिरिजाले पनि मलाई माधव बाबु अब यो गणतन्त्रमा नजौँ भनेका थिए तर मैले हुँदैन अब आन्दोलन अघि बढिसक्यो सबै लागौँ भनेर अघि बढियो,’नेपालले अगाडि भने, ‘त्यसैको जगमा आज गणतन्त्र आयो ।’

कुनै बेला केपी ओली आफ्नो डेरामा बस्न आएको बताउँदै नेपालले एमाले विभाजनपछि केही समयअघि आफूसँग आएर आफ्नो निकै प्रशंसा गरेको पनि सुनाए । उनले थपे, ‘स्वार्थका लागि आए, प्रचण्डजी पनि सुत्नुभयो । बिच बाटोमा गएर प्रचण्डजीलाई एक लात्ति हानेर नर्कमा पठाएर आफू स्वर्गमा गए ।’

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।