२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

चीनको सहयोग सहराहनीय– सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चीन सरकारले नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरेको सहयोग सराहनीय रहेको बताएका छन् ।

चीनको युनान प्रदेश खेलकुद प्रशासनका निर्देशक याङ झोङ हुआसहितको प्रतिनिधि मण्डलसंग सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘चीन सरकारले खेलकुदसहित नेपालको विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग प्रशंसनीय र सराहनीय छ । यसले नेपाल र चीनबीच रहँदै आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा विश्ववस्त छु ।’ सदस्य–सचिव घिसिङले दुई देशबीच खेलकुदका क्षेत्रमा दिगो हिसाबले सहकार्य गर्नका लागि छलफल र गृह कार्य गरी अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाउदै राखेपलाई खेल सामाग्री र खेलकुद विज्ञान रिसर्च ल्याबका लागि सामाग्री सहयोग गरेकोमा धन्यवाद दिए ।

निर्देशक याङसहितको प्रतिनिधि मण्डल पोखरामा भएको क्रस कन्ट्री दौडका लागि नेपाल आएको थियो । सोही कार्यक्रमका दौरान निर्देशक याङले राखेपलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

निर्देशक याङले नेपालसंग खेलकुद, पर्यटन र सांस्कृतिक क्षेत्रमा विशेषगरी युवा लक्षित कार्यक्रममा सहकार्य गर्न चाहेको बताउदै युनान भ्रमणका लागि निमन्त्रणा गरे । उनले यो कार्यका लागि दूतावासको समन्वयमा छलफल गरेर अगाडि बढ्न सम्झौता गर्नु पर्नेमा जोड दिदै आउटडोर स्पोर्ट्सका लागि युनान एक उत्कृष्ट स्थल भएको बताए ।

भेटका दौरान नेपालका लागि चीन दूतावासका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । भेटपछि निर्देशक याङसहितको प्रतिनिधि मण्डल स्वदेश फर्कन त्रिपुरेश्वरबाटै विमानस्थल गएको थियो ।

सो अवसरमा राखेपका सदस्यद्वय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

https://www.khabarpetika.com/2024/11/11/8880/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।