काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट १ सय केजी गाँजासहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखु घर भएका २९ वर्षीय किरण वाग्ले छन् ।

मनहरिबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको पिक अप भ्यान चेकजाँच जाँच गर्ने क्रममा गाँजा भेटिएको मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी ।
खाली क्रेटहरूको बिचमा लुकाइएर ११ वटा प्याकेटमा गाँजा बोकेर उनी हेटौँडातर्फ जाँदै थिए । वाग्ले सो भ्यानका चालक हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।












