२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

ब्याडमिन्टनको कोचिङ कोर्स सम्पन्न

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बीडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिबार सम्पन्न भएको छ ।


छदिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई बीडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले डल्लु आवास क्षेत्रमा नवनिर्मित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलमा आयोजित एक कार्यक्रमबीच सहभागीलाई प्रमाण पत्र प्रदान गरे । यसअघि यहि कात्तिक ९ देखि १६ गतेसम्म ब्याडमिन्टन संघले लेभल २ कोचिङ कोर्स आयोजना गरेको थियो । दुवै कोर्स नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको हो ।
ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले कोर्स आयोजनाका लागि सहयोग गरेकोमा ओलम्पिक कमिटीलाई धन्यवाद दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।