२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

नेपाली काँग्रेस दोलखा संगठन बिभाग प्रमुख केसीको किर्ते ; के.आर.इ.सिको ८० लाख सेक्युरिटी रकम झ्वाम पार्ने दाऊ !

नेपाली काँग्रेस दोलखा संगठन बिभाग प्रमुख भुवन केसीको खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको नाम, ठेगाना, लेटरप्याड, लोगो किर्ते सेक्युरिटी रकम झ्वाम पार्ने दाऊ ; संस्था द्वारा निलम्बन

काठमाडौँ । खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष तथा नेपाली काँग्रेस दोलखा संगठन बिभाग प्रमुख भुवन केसीले संस्थाको नाम, ठेगाना, लेटरप्याड, लोगो किर्ते गरेर बोलपत्र आह्वान सम्बन्धी झूटो सूचना प्रकाशन गराएको पाइएको छ । नेपाली काँग्रेस दोलखा संगठन बिभाग प्रमुख समेत रहेका केसीले किर्ते गरेरे खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको ८० लाख सेक्युरिटी रकम झ्वाम पार्ने दाऊ गरेको पाइएको छ ।

गत कात्तिक ६ गते दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेमा रहेको खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको लेटरप्याडमा लेखिएको बोलपत्र आह्वानको सूचना प्रभाव दैनिकमा पत्रिकामार्फत प्रकाशन भएको थियो । प्रकाशित ३० दिने सूचना मार्फत झाक्रे–२ मिनी हाइड्रो निर्माण गर्न इच्छुक कम्पनी/फर्मलाई नियमानुसार संस्थाको कार्यालयमा आएर बोलपत्र खरिद गर्न आह्वान गरिएको थियो ।

सूचनामा भनिएको छ,‘प्रकाशित मितिः २०८१/०७/०६ गते यस संस्थाद्वारा आ.व.२०८१-०८२ को कार्यक्रम अनुसार झाक्रे–२ मिनी हाइड्रो निर्माण गर्ने संस्थाका कार्यसमितिको निर्णय बमोजिम यस झाक्रे–२ मिनी हाइड्रो निर्माण गर्न इच्छुक कम्पनी-फर्मले नियमानुसार यस कार्यालयमा आई बोलपत्र खरिद गर्न सक्नुहुनेछ ’ । संस्थाको नाम, ठेगाना, लेटरप्याड, लोगो प्रयोग गरी नक्कली इमेल ठेगानासमेत बनाएर प्रकाशित गरिएको सूचनामा विड डकुमेन्टको २० हजार रुपैयाँ र सेक्युरिटी रकम ८० लाख ११ हजार ९५७ राखिएको थियो । तर त्यो सूचना उपाध्यक्ष केसीले किर्ते गरेर आफै हालेको महाप्रबन्धक कुमार फुयालले बताएका छन् ।

संस्थाको नाम, ठेगाना, लेटरप्याड, लोगो प्रयोग गरी नक्कली इमेल ठेगाना समेत बनाएर प्रकाशित गर्दा समेत महाप्रबन्धक कुमार फुयाल र कोषाध्यक्ष धिराज सुबेदी कानमा तेल हालेर बसेको र संस्थाका अध्यक्ष शेरबहादुर खड्काले बारम्बार ताकेता गर्दा संस्थाका उपाध्यक्ष केसीले मैले सुचना प्रकाशन गर्न लगाएको हैन भनि आफु पन्छिन संस्थाका सञ्चालक सदस्य सुमन मिजार, महाप्रबन्धक कुमार फुयाल, कोषाध्यक्ष धिराज सुबेदी र उपाध्यक्ष भुवन केसीसहित ४ जनाले संयुक्त दस्तखत गरी अनुसन्धान गरि आवश्यक कारबाहीको माग गर्दै अपराध अनुसन्धान महाशाखा टेकु, काठमाडौँमा उजुरी हालेका थिए ।

बोलपत्र आह्वानको विषयमा संस्थाले कुनै निर्णय तथा प्रक्रिया अघि नबढाएको उजुरीमा उल्लेख छ । उनीहरुले उजुरीमार्फत झुटो सूचना प्रकाशित गरेर मान्छे तथा ठेकेदारहरुबाट रकम लिने, संस्थालाई बद्नाम गर्ने वा कुनै अन्य स्वार्थको लागि ठगीसमेत गर्न सक्ने भएकोले छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीसँग माग गरेका थिए ।

तर छानविन गरी दोषी उपर कारबाहीको माग गर्दै उजुरी लिएर टेकु पुगेका सहकारीका उपाध्यक्ष केसीले नै बदनियत ढङ्गले बोलपत्र आह्वानसम्बन्धी छपाएको खुलेको छ । सूचना प्रकाशन कसरी भयो ? भन्नेबारेमा अनविज्ञता देखाउँदै कारबाहीको माग गर्दै उजुरी लिएर प्रहरीसम्म पुगेका उपाध्यक्ष तथा नेपाली काँग्रेस दोलखाको संगठन विभाग प्रमुख समेत रहेका भुवन केसीले अन्ततः आफैँले सूचना प्रकाशन गराएको कुरा स्वीकार गरेका छन् । उनले आफूबाट भूलवश यस्तो हुन पुगेको बताए ।

आफ्नै हस्ताक्षरमा जाहेर भएको उजुरीउपर छानविन हुँदा संस्थाका उपाध्यक्ष केसी आफैँ दोषी देखिएका थिए । त्यसपछि उनले आफूबाट भूलवश त्रुटि भएको कुरालाई स्वीकार गर्दै प्रकाशित झूटो सूचनाका कारण पर्न सक्ने प्रभाव र आइपर्ने सम्पूर्ण दायित्व आफूले व्यहोर्ने भनी सहमती गरेका छन् ।

सहमति पत्रमा भनिएको छ,‘मिति २०८१।०७।०७ गते यस कार्यालयमा परेको निवेदन उपर दुवै पक्ष यस कार्यालयमा आई छलफल गर्दा निवेदक पक्षको उपाध्यक्ष भुवन केसी मार्फत भुलवस विज्ञापनको लागि गएको भन्ने कुरा भई यसले पार्ने प्रभाव केही भएमा सम्पूर्ण दायित्व उपाध्यक्ष भुवन केसीले लिने भनी सहमति गरि गएको व्यहोरा यस कार्यालय मार्फत नेपाल सरकारमा चढायौँ ।’

यता, खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष शेरबहादुर खड्काले पनि झुटो सूचना प्रकाशन गराउने कार्यमा उपाध्यक्ष भुवन केसीको संलग्नता देखिएको बताउनुभयो । किर्ते गरी बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशन गर्ने कार्यमा उपाध्यक्ष केसीको संलग्नता देखिएपछि कात्तिक २१ गतेको बोर्ड बैठकको निर्णयबाट अहिले उपाध्यक्ष केसीलाई निलम्बित गरिएको अध्यक्ष खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले उहाँलाई संचालक समितको बैठक बसेर निलम्बन गरिएको हो ।’

टेन्डर प्रक्रिया पूरा नगरी संस्थाको नाममा झूटो सूचना निकालेर उपाध्यक्ष केसीले गलत गरेको उहाँले बताउनुयभो । ‘हामी टेन्डर प्रक्रियामा पुगेका छैनौँ, गाउँपालिकासँग पनि सम्झौता भइसकेको छैन र साझेदार संस्था एएफपीसीसँग पनि हाम्रो सम्झौता भइसकेको छैन । अब टेन्डर निकाल्न चाहिँ बोर्डले निर्णय गर्नुपर्छ । टेन्डर आह्वानको केही समय अझैँ लाग्छ टाइम । त्यस कारण गलत गर्नु भएको हुनाले उहाँलाई चाहिँ गलत गरेको आधारमा निलम्बन गरिएको छ, उहाँले भन्नुभयो, अरु उहाँलाई चाहिँ भैपरी यसको बिचमा कुनै त्यस्तो आर्थिक लाभ लिन हो भने त्यसको सम्पूर्ण जिम्मेवारी उहाँले लिने गरी प्रहरीमा एउटा सम्झौता भाछ । उहाँले संस्थामा पनि सबै मेम्बरहरुको अगाडि स्वीकार गर्नु भएको छ ।’

खिम्ती ग्रामीण विद्युत सहकारीका महाप्रबन्धक कुमार फुयालले पनि छानविनका क्रममा उपाध्यक्ष केसीले नै संस्थाको नाममा झूटो सूचना प्रकाशन गराएको पाइएको बताउनुभयो । उपाध्यक्ष केसीले गलत गरेको हुनाले अहिले उहाँलाई निलम्बन समेत गरिएको महाप्रबन्धक फुयालले जानकारी दिनुभयो । ‘हाम्रो उपाध्यक्ष ज्यूले यो चाहिँ मैले नै भूलवश गरेको हो, त्यस कारणले संस्थाले गरेको कारबाही स्वीकार्छु भनेपछि उहाँलाई अहिले चाहिँ हामीले निलम्बन गरेका छौँ ।’

दोलखाको तामाकोशी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले संस्थाले गरेको निर्णयमा हमिले हस्तक्षेप गर्न नमिल्ने तर भुवन केसीले गरेको विज्ञापन किर्ते गरेर गरेको र ठगी गर्ने नियतले यस्तो काम गरेको जिकिर गर्नुभयो । हामीले पटक पटक फोन गर्दा पनि संस्थाका कोषाध्यक्ष धिराज सुबेदीले हामी संग कुरा गर्न चाहनु भएन ।

तामाकोशी गाउँपालिका उपाध्यक्ष श्रीजना सुबेदीले जुन सुकै पार्टीको भए पनि दोषीलाई कारवाही गर्नु पर्ने बताएका छन् । “गल्ति मेरो कार्यकर्ताले गरेको रहेछ भनि पनि कारवाही हुनु पर्छ ; उपाध्यक्ष श्रीजना सुबेदी ” ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत, खिम्ती ग्रामीण विद्युत् सहकारी संस्था, रामेछापको गोकुलगंगा गाउँपालिका र दोलखाको तामाकोशी गाउँपालिकाले ५० प्रतिशत लागत व्यहोर्ने गरी निर्माण गर्न लागिएको २६ करोडको परियोजना हो ।

काँग्रेस पार्टीको भएकै कारणले आफूमाथि प्रतिशोध साँध्ने काम भएको उहाँले भनाइ रहेको छ । लामो विषय भएकोले आफूले यस विषयमा बताउन नसक्ने केसीले बताउनुभयो । तर उपाध्यक्ष भुवन केसीले भने हामी संग कुरा गर्न चाहनु भएन ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।