२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

जासुसी गरेको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय

तेहरान । इरानको एक अदालतले इजरायलका लागि जासुसी गरेको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

इरानी समाचार एजेन्सी फार्सको रिपोर्टअनुसार चार अपराधीहरूको राष्ट्रियता खुलासा गरिएको छैन । तर उनीहरूमाथि सन् २०२० मा इरानी आणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको हत्यामा प्रयोग भएको हतियार बोकेको र इजरायली गुप्तचर एजेन्सी मोसादलाई सहयोग गरेको आरोप छ ।

फख्रीजादेहलाई परमाणु हतियार क्षमता विकास गर्न गोप्य इरानी कार्यक्रमको मास्टरमाइन्ड मानिन्छ । इजरायल सुरुदेखि नै इरानको शत्रु राष्ट्र भन्दै आएको छ । यस्तो अवस्थामा इजरायली गतिविधिलाई लिएर इरानी प्रशासन निकै सजग रहने गरेको छ । इरानले विगतमा पनि इजरायली जासुसविरुद्ध कडा कारबाही गरेको थियो । एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।