२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

राष्ट्रपति चयनका लागि अमेरिकामा सुरू भयो मतदान

काठमाडौं । राष्ट्रपति चयनका लागि अमेरिकामा मतदान सुरू भएको छ। विहान ७ बजेदेखि अमेरिकाको विभिन्न राज्यमा मतदान सुरू भएको हो। बीबीसीका अनुसार अलबामा, लोवा, कन्सास, मिन्नेसोता, मिस्सिस्सिपी, नर्थ डाकोटा, ओक्लाहोमा, साउथ डकोटा, टेक्सास र ‘स्वीङ स्टेट’ मानिएको विस्कोन्सिनमा पनि मतदान सुरू भएको हो।

एजेन्सीहरूका अनुसार अमेरिकी नागरिकहरू मतदान स्थलमा लाइन लागेका छन्। उनीहरू मतदान हुनुअघि देखि नै लाइन लागेका छन्।

अमेरिकाको ४७औं राष्ट्रपति बन्न कमला ह्यारिस र डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन्। उपराष्ट्रपतिसमेत रहेकी डेमोक्रेटिक दलकी ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। विभिन्न ‘चुनावी पोल’हरूले पनि उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ।

पोलहरूमा ह्यारिस र ट्रम्पबीच झिनो मतान्तर हुने देखिएको छ। दुईबीचको कडा प्रतिस्पर्धा हुनुमा ७ राज्य कारण रहेको एजेन्सीहरूले उल्लेख गरेको छ। नर्थ क्यारोलाइना, मिसिगन, पेन्सिलभेनिया, एरिजोना, विस्कन्सिन, जर्जिया र नेभादा राज्यको मतले यी दुईको मतान्तरमा फरक ल्याउने अनुमान गरिएको छ। यिनै राज्यको ‘निर्णायक’ मतले अमेरिकाको नयाँ राष्ट्रपति चयन गर्ने विश्लेषकहरूले बताएका छन्।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।