२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

‘सहकारीको बचत अपचलन प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान हुने’: पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी संस्थाको बचत अपचलन प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले संसदीय छानबिन समितिको प्रतिवेदनानुसार सहकारी प्रकरणमा ‘छवि र रवि’देखि दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुने बताएका हुन् ।

हरेक दलका प्रतिनिधि सम्मिलित संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सबैले स्वाभाविक रूपमा लिनुपर्नेमा उनले जोड दिए । सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर मुलुकलाई अराजकतातर्फ लैजाने षड्यन्त्र भइरहेको उनले उल्लेख गरे । उनले अराजकताका विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

पोखरेलले पार्टी कार्यालय निर्माणका निम्ति एमालेनिकट मीनबहादुर गुरुङले दिएको जग्गा पारदर्शी रूपमा ग्रहण गरिएको र अपारदर्शी ढंगले कुनै कार्य नभएको जिकिर गरे । गुरुङ एमालेनिकट भएकै कारण उनलाई ०६४ सालको संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक सदस्य बन्न प्रस्ताव गरिएको उनले बताए ।

उनले नेपाली कांग्रेस–एमालेबीचको सहकार्य आउँदो निर्वाचनसम्म रहने र त्यसपछि पार्टीले एक्लै चुनाव लड्ने बताए । मुलुकमा संकट देखा परेकाले ठूला दुई दल मिल्नुपरेको भन्दै उनले कांग्रेस–एमालेको गठबन्धनलाई अन्यथा नलिन आग्रह गरे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।