२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

पार्टीहरूमा व्यक्तिवाद हावी भएको छ : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युुनिस्ट पार्टीबाटै अधिनायकवाद आउन सक्ने बताएका छन् । बुधबार प्रज्ञा भवनमा आयोजित नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक कार्यक्रममा उनले अधिनायकवादी प्रवृत्ति हावी हुने खतरा रहेको बताए ।

“भोलि गएर आधिनायकावादी प्रवृत्ति हावी हुने खतरा छ । कम्युनिस्ट पार्टीबाट अधिनायकवाद आउँदैन भन्ने होइन । समाजवादी पार्टीमा नै लागेका हिटलर अधिनायकवादी बन्न पुगे,” उनले भने ।

अध्यक्ष नेपालले पार्टीहरूमा व्यक्तिवाद हावी भएको सुनाए । “व्यक्तिवाद हावी भएको छ । स्वार्थी प्रवृत्ति हावी भएको छ । मपाईं प्रवृत्ति हावी भएको छ । मैले के पाएँबाट सुरु हुन्छ । जति पटक सरकारमा गए पनि छोड्दैछोड्दैन्,” उनले भने ।

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीले अवसर पाएको र महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए । उनले एउटै शक्ति बन्न नसक्ने समस्या कम्युनिस्ट आन्दोलनमा नै रहेको बताए । “एउटै बन्नु राम्रो हो । शक्ति जति बढ्यो राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ । समस्या कम्युनिस्ट आन्दोलनभित्र नै छ,” उनले भने ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।