२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

अराजक गतिविधि मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने बताएका छन् ।

मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा मंगलबार भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले कानुनविपरीत क्रियाकलाप हुन नदिने बताएका हुन् ।

दीक्षितहरूलाई राष्ट्रको शान्तिसुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम पूरा गरेकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी बललाई प्रभावकारी बनाउन तथा सुविधा बढाउन मौजुदा कानुन संशोधन गरिने बताए ।

प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै संगठनको क्षमता विस्तारमा जोड दिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।