२०८२ माघ ५ सोमबार
२०८२ माघ ५ सोमबार

बालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या

दाङ । बालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीका जवान प्रहरी हिरासतमा मृत फेला परेका छन्।

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा सोमरबार बिहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्युठानको वडडाँडा घर भएका मगर आफ्नै कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए।

स्थानीय एक जना आठ वर्षीया र अर्की १४ वर्षीया नाबालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा उनी कात्तिक ७ गते पक्राउ परेका थिए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।