२०८२ फाल्गुन ३ आईतवार
२०८२ फाल्गुन ३ आईतवार

भारतले चन्द्रमा कहिले मान्छे पठाउँछ ?

नयाँ दिल्ली । चन्द्रयान–३ को सफलतापछि भारतीय स्पेश एजेन्सी (इसरो) चन्द्रयान–४ र गगनयान मिसनमा काम गरिरहेको छ । अन्तरिक्षमा मान्छे पठाउने भारतीय मिसन गगनयान इही वर्ष वा सन् २०२५ को अन्त्यमा लन्च हुने आशा गरिएको थियो । तर, यसको मिति फेरिएको छ ।

इसरोका अध्यक्ष एस सोमनाथले शनिबार अल इन्डिया रेडियोको आकाशवाणीमा सरदार पटेल मेमोरियल लेक्चरमा भारतको आगामी मिसनको साथसाथै विश्वव्यापी अन्तरिक्ष अर्थव्यवस्थामा भारतको सहभागिता बढाउने बारे कुरा गरेका थिए । यसक्रममा उनले उनले गगनयान, चन्द्रयान–४, चन्द्रयान–५ र चन्द्रमामा भारतको मानव मिसनबारे कुरा गरे ।

अल इन्डिया रेडियोको लेक्चरमा उनले भारतको बहुप्रतिक्षित गगनयान मिसनबारे बताए । मानव अन्तरिक्ष अभियान गगनयान सन् २०२६ मा प्रक्षेपण गरिने बताइएको छ । योसँगै चन्द्रमाको सतहबाट नमुना ल्याउने चन्द्रयान–४ सन् २०२८ सम्ममा प्रक्षेपण गर्न सकिने भनिएको छ । भारत–अमेरिकाको ढिलाइ भएको मिसन निसार अर्काे वर्षसम्म सम्भव हुने पनि उनले बताए । निसार मिसन रडार मेसिन हो जसले पृथ्वीको सतहमा हुने वातावरणीय परिवर्तन र प्राकृतिक प्रकोप र प्राकृतिक घटनाहरूबारे अझ राम्ररी जानकारी सङ्कलन गर्न सक्नेछ ।

जासासँग इसरोको चन्द्र मिसन

जापानको अन्तरिक्ष एजेन्सी जासासँग इसरोले मून–ल्यान्डिङ मिसनमा पनि काम  गरिरहेको छ । यो मिसनको नाम चन्द्रयान–५ हुने बताइएको छ । तर यो मिसन कहिले लन्च हुन्छ भनेर उनले निश्चित समय चाँहि भनेनन् । पहिले लुपेक्स मिसन सन् २०२५ मै लन्च गरिनु पर्ने थियो । तर अब यसलाई चन्द्रयान–५को रुपमा वर्ण गरिएको छ । यो मिसन सन् २०२८ पछि मात्रै लन्च हुने आशा गरिएको छ ।

कहिलेसम्म लन्च होला चन्द्रयान–४

चन्द्रयान–४ निकै भारी मिसन हुनेछ, जसमा ल्यान्डर भारतले उपलब्ध गराउने छ भने रोभर जापानबाट आउने सोमनाथले भनेका छन् । चन्द्रयान–३ मा रोभरको तौल २७ किलो मात्र थियो । तर, यो मिसनले ३५० किलोग्रामको रोभर बोक्ने छ । यो मिसनले भारतलाई चन्द्रमामा मानव अवतरण गर्नेतर्फ एक कदम अगाडि लैजाने बताइएको छ । भारतले सन् २०४० सम्ममा चन्द्रमामा मानव यान पठाउने योजना सार्वजनिक गरेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।