२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

टेलिसिरियलमा रम्दै कलाकार जिरे

काठमाडौँ । छ सानो ज्यान । उज्यालो मुहार । केही गर्न खोजिरहेको जस्तो । भर्खरको लक्का जवान ठिटो । उनै हुन् कलाकार जिरे । रामेछाप जिल्लाको खाँडादेवी गाउँपलिका स्थित पकरबासमा जन्मिएका सुकदेव ढुंगेल जिरे(सिमोन) लाई सानैदेखि कलाकार बन्न मन लाग्थ्यो । उनलाई हिजोआज सुकदेव भन्दा पनि जिरे भनेर धेरैले चिन्छन ।

दुई बर्ष अघि घर त रामेछाप कान्छी, यो ज्यानलाई छाडेमा लाग्ला तिमिलाई पापझ बोलको गीत गाएर कलाकारिता सुरु गरेका जिरे कलाकारितामा जम्न संघर्ष गरिरहेका छन् ।

जिरेले आफ्नै स्वरमा ‘रंग र रसैमा,घर त रामेछाप र सानू तिम्रो अथाह माया’ बोलको लोक दोहोरी गीत बजारमा ल्याइसकेका छन् ।

टेलि सिरियल हली ,संघर्षमा समेत अभिनय गरिसकेका जिरेले हाल मेरी भाउजू टेलिसिरियलमा अभिनय गर्दै आइरहेका छन् । मेरी भाउजूमा अभिनय मात्रै गर्दैनन् जिरे । मेरी भाउजुमा क्यामेरा म्यान बनेर दृश्य कैद गर्नेदेखि लिएर सबै काम गरेर सिरियललाई राम्रो बनाउन लागि पर्छन् । मेरी भाउजूको भाग ४५ बाट जोडिएका जिरे अहिले ९९ भागसम्म आइपुग्दा सक्रिय रूपमा जोडि रहेका छन् । ‘अझै गीत निकाल्न मन छ । कलाकारितामा केही गर्न मन छ ।’ जिरे भन्छन्- ‘अहिले त सिरियलमा नै ध्यान दिन्छु । पछि बिस्तारै थप काम गर्दै जाने विचारमा छु ।’

उनै जिरेको अभिनय रहेको मेरी भाउजू टेलिसिरियलको भाग एक सय आज प्रशारण हुँदैछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।