२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

बजेट विनियोजनलाई प्रभावकारी बनाउँछौँ: मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउने बताएका छन् । उनले आयोजना बैंक स्थापना र प्रभावकारी कार्यान्वयन गरेर बजेट विनियोजनको तयारी भइरहेको बताए ।

बुधबार मुख्यमन्त्री लामाले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालसँग कार्यसम्पादन करार सम्झौता गर्दै आयोजना बैंक स्थापना तथा सञ्चालनलाई प्रभावकारी बनाउन निर्देशन समेत दिए । उनले प्रदेश सरकारलाई नागरिकसम्म जोड्ने र पलदायी योजनाहरू छनौट तथा कार्यक्रम कार्यान्वयनमा सघाउन आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

मुख्यमन्त्री लामाले वार्षिक स्वीकृत कार्यक्रमका अलावा प्रदेश सरकारलाई आवश्यक तथ्यांक संकलन तथा सुझावहरू उपलब्ध गराएर नीति आयोगले प्रदेशको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । नयाँ र फरक ढंगका उत्पादन र रोजगारीमा केन्द्रित हुने गरी आयोगले योजना निर्माण तथा बजेट विनियोजनमा सघाउन उनले आग्रह गरे ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।