२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडीका रूपमा वेस्ट इन्डिजका फिलिपलाई भित्र्यायो

काठमाडौँ – वेस्ट इन्डिजका बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

वेस्ट इन्डिजका बलर फिलिपलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको पोखरा एभेन्जर्सले जनाएको छ । टोलीमा अनुबन्ध भएका २८ वर्षीय एन्डरसन फिलिप तीव्र गतिका बलर हुन् ।

फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताए ।

यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डे लीडलाई टोलीमा अनुबन्ध गरिसकेको छ । पोखरा एभेन्जर्समा नेपाल राष्ट्रिय टोलीका कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को अयोजनामा एनपीएल आउँदो मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।