२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

भक्तपुरमा जुवा खेलिरहेका पाँच जना पक्राउ

भक्तपुर । जुवा खेलिरहेका पाँच जना पक्राउ भक्तपुरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका-८ गणेश मन्दिर नजिकै ‘प्याचा’ नामको जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

पाँच जनाबाट प्रहरीले ३ लाख ५६ हजार ५०० रुपैयाँ बरामद गरेको छ।

जुवा खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त जगातीबाट प्रहरीको टोली खटिएको थियो।


उक्त टोलीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा धादिङका दिनेश दाहाल, भक्तपुरका शिवराम श्रेष्ठ, राजु नकर्मी, उमेश श्रेष्ठ र पदम श्रेष्ठ छन्।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।