रामेछाप । वडा दशै तथा शुभ दिपावलीको अवसरमा मन्थली नगरपालिका १० चनखुमा भएको भलिबल प्रतियोगिता साविक चनखु ४ नं. ले जितेको छ ।

श्री इन्द्रावती जनजागरण युवा समाजको आयोजनामा भएको ‘तेस्रो वडाअध्यक्ष कप – २०८१’ को उपाधि २-१ को सेटले लाङघाली सेवा समाजलाई पछी पर्दै साविक चनखु ४ नं. ले हात परेको छ ।
असोज २७ र २८ गते मन्थली नगरपालीका वडा नं. १० चनखु सरस्वती मा.वि को प्रांगणमा भएको थियो ।

मन्थली नगरपालीका वडा नं. १० चनखु वडा अध्यक्ष गोपीलाल तामाङको प्रमुख अतिथियतामा ‘तेश्रो वडाअध्यक्ष कप-२०८१’ उद्घाटन र समापन भएको छ ।
चनखु वडाकार्यालले आर्थिक बर्ष २०८१/०८२ को बजेटबाट खेलकुद शिर्षकमा छुट्याइएको २ लाख अनुदान रकमबाट साविक वडास्तरिय पुरुष भलिबल प्रतियोगिता गरेको इन्द्रावती जनजागरण युवा समाजका अध्यक्ष सिवाराम बुढाथोकीले बताए ।

कार्यक्रमको सहयोगी संस्थाको रूपमा ह्याङ्ला ह्युल सामुदायिक संस्था र लाङ्घाली सेवा समाज रहेको भलिबल प्रतियोगितामा साविक चनखु वडा नं ४ प्रथम, लाङ्घाली सेवा समाज द्वितीय, ह्यङला ह्युल सामुदायिक संस्था तृतीय र साविक ७ नं. ले सान्त्वना पुरस्कार जितेको आयोजकले जानकारी दिए ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद रु ३०,०००-,२०,०००-,१०,०००- र ५,०००- को साथमा शिल्ड,मेडल र प्रमाणपत्र दिएको आयोजकले जानकारी दिए ।
त्यस्तै कार्यक्रमा अध्यक्ष गोपीलाल तामाङले शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।














