२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

बाढीपहिरो र डुबानका परि हालसम्म २४६ जनाको मृत्यु

काठमाडौं । असोज १० देखि १३ गतेसम्मको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका परि हालसम्म २४६ जनाको मृत्यु भएको छ ।

यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी १८ जना बेपत्ता छन् । १७८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

१७ हजार १७४ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

बाढीपहिरोमा परी वाग्मती प्रदेशमा सबैभन्दा बढी १३९ जनाले ज्यान गुमाए । वाग्मतीमा सातजना बेपत्ता छन् । काठमाडौं उपत्यकामा मात्र ७० जनाको मृत्यु भएको छ । उपत्यकामा पनि सातजना बेपत्ता छन् ।

बाढीपहिरोमा परी कोसी प्रदेशमा २० जनाले ज्यान गुमाए । त्यहाँ २० जना बेपत्ता छन् । मधेस प्रदेशमा नौजनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवास लगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।

https://www.khabarpetika.com/2024/10/07/8435/

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।